सिनेमा म यस्तो गीत गाउँछु २ को ट्रेलर सार्वजनिक भएसँगै यसको बिषयमा टिप्पणी भैरहेको छ । सिनेमाको ट्रेलरले यो सिनेमा बलिउड सिनेमा आशिकी २ सँग मेल खान्छ भनेर टिप्पणी भैरहेको छ । तर, यसको निर्माण टिमले भने आशिकी २ सँग कुनै पनि कोणबाट मेल नखाने स्पष्ट पारेको छ ।

सिनेमाका निर्देशक सुदर्शन थापाले सिनेमाको कुनै पनि दृश्य वा कथा आशिकी २ सँग मेल नखाने बताए । उनले, सिनेमाको कथा भिन्न रहेको तर सांगीतिक लभ स्टोरी सिनेमा भएकाले दर्शकलाई त्यस्तो लागेको हुनसक्ने बताए । निर्मात्री तथा अभिनेत्री पूजा शर्माले पनि सिनेमा नै रिलिज नभई हल्का टिप्पणी नगर्न आग्रह गरेकी छिन् ।

सिनेमाका लेखक शिवम् अधिकारीले कथा मिलेको खण्डमा आफूले सिनेमा क्षेत्र नै छाड्ने बताएका छन् । पूजा शर्मा र पल शाह अभिनित यो सिनेमा फागुणको ३० गतेबाट रिलिज हुँदैछ ।

For More videos Log on to Mazzako TV