शुक्रबारबाट रिलिज भएको सिनेमा ‘लभ डायरीज’ की अभिनेत्री रुविना थापाको तारिफ भएको छ । रुविनाको डेब्यू सिनेमा भएर पनि डेब्यू नलाग्ने र उनी नेपाली सिनेमा क्षेत्रमा संभावना बोकेर आएको प्रतिक्रिया दर्शक तथा सिनेकर्मीले दिएका हुन् । ‘लभ डायरीज’ को प्रिमियरमा सिनेमा हेर्न पुगेका कलाकारले मन पराएका थिए । साथै शुक्रबार रिलिज पछि दर्शकले पनि मज्जाको प्रतिक्रया दिएका छन् ।

यो सिनेमाको कथावस्तु र प्रस्तुतिलाई पनि नायक भूवन केसी, अभिनेत्री झरना थापा लगायतले अभिनेत्री रुविना थापाको कामको प्रशंसा गरे । सौरभ चौधरीको निर्देशनमा बनेको यो सिनेमामा सुशिल श्रेष्ठ, रुविना थापा लगायतको मुख्य भूमिका छ ।

For More videos Log on to Mazzako TV