फागुणको ९ गतेबाट रिलिज हुन लागेको सिनेमा आमालाई चलचित्र सेन्सर बोर्डमा लोभलाग्दो प्रतिक्रिया मिलेको छ । यो सिनेमालाई दिपेन्द्र के खनालले निर्देशन गरेका हुन् । दिपेन्द्रका अनुसार, सिनेमा हेरिसकेपछि सेन्सरका सदस्य भावुक बनेका थिए ।

दिपेन्द्रका अनुसार, सिनेमालाई उनले नै निर्देशन गरेको सिनेमा पशुपति प्रसादको जस्तै प्रतिक्रिया मिलेको छ । पशुपति प्रसाद दिपेन्द्रको सर्वाधिक प्रशंसा पाउन सफल सिनेमा हो । दिपेन्द्रले सिनेमाको प्रतिक्रियाले आफू उत्साहित भएको सुनाए ।

सिनेमा आमालाई शर्मिला पाण्डेले निर्माण गरेकी हुन् । सिनेमामा मिथिला शर्मा, सुरक्षा पन्त लगायतका कलाकारको अभिनय छ ।

For More videos Log on to Mazzako TV