सिमसिमे पानीमा बोलको गीता रचना, संगीत र गायन मार्फत नेपाली संगीतमा कालजयी गायिकाको छवि बनाएकी गायिका रेखा शाहले माघ २४ गतेको आफ्नो जन्मदिनका दिन नयाँ एल्वम ‘काठैको पुतली’ को अडियो सिडी सार्वजनिक गरेकी छिन् | राजधानीमा आयोजित समारोहमा आफ्नो जन्मदिनलाई विशेष बनाउन नयाँ एल्वमको सिडी उनले लोकार्पण गरेको बताइन |

टप्पा शैलीको नयाँ गीत ‘काठैको पुतली झ्यालझ्यालैमा, जिन्दगी बित्यो ख्यालख्यालैमा’ समावेश भएको सो एल्वममा १२ वटा नयाँ पुराना गीतहरू समावेश गरिएका छन् | एक वर्षको अन्तरालमा उनले सारवजनिक गरेका सिंगल ट्रयाकलाई एल्वमको कलेक्सनको रूपमा ल्याएको बताउंदै उनले भनिन्, ” हुन त अहिलेको जमाना सिंगल ट्रयाकको हो तर आफ्ना गीतलाई व्यवस्थित गर्न र विशेष गरी एफएम मिडियालाई दिनका लागि मैले सिडी निर्माण गरेकी हुँ |”

सइं तमी, पछ्यौरी भिजायो, सइको घर काँ हो काँ, बाटैमा रैछ घर तिम्रो, तिमीबिना, ए दिदी बैनी हो लगायत गीत एल्वममा समावेश छन् | एल्वममा बोनस ट्रयाकको रूपमा ‘सिमसिमे पानीमा’को नयाँ भर्सनलाई पनि समावेश गरिएको छ | एल्वमका अधिकांश गीत भूपेन्द्र खड्काले लेखेका छन् भने संगीत हरि लम्साल, राजनराज शिवाकोटी, कमल खत्री र दीपक शर्माको रहेको छ |आजै गायिका शाहले अजन्मदिनको अवसर पारेर मानव सेवा आश्रमलाई नगत १० हजार सहयोग पनि गरेकी छिन् | यसअघि शाहका आधा दर्जन एल्वम प्रकाशित छन् |

For More videos Log on to Mazzako TV