देबेन्द्र बब्लुको नयाँ गीतको म्युजिक भिडियो सार्वजनिक भएको छ । देबेन्द्रकै शब्द संगीत र स्वर रहेको ‘एक्ले जान सक्छ्यौ र ?’ बोलको गीत सार्वजनिक भएको हो । भिडियोमा गायक देबेन्द्रसंगै स्नेहा पौडेल र नारायण न्यौपानेको अभिनय छ । गायक देबेन्द्र चर्चित गायक प्रकाश सपुतका भाई हुन् भने स्नेहा चर्चित गायिका मन्जु पौडेलकी छोरी हुन् ।

रोमन बज्रचार्यको संगीत संयोजन रहेको गीतमा कमल कुमार बिकले सारंगी बजाएका छन् । अनिल के मानन्धरको छायांकन तथा निर्देशन रहेको भिडियोलाई प्रबिण भट्टले सम्पादन गरेका हुन् ।

For More videos Log on to Mazzako TV