हाँस्यकलाकार शिवहरी पौड्यालले निर्देशित गरेको फिल्म ‘लक्का जवान’ को दोस्रो गीत सार्वजनिक गरिएको छ । बुधबार राजधानीमा एक कार्यक्रमको आयोजना गर्दै फिल्मको ‘मुसुक्कै हाँसन माया’ बोलको गीत सार्वजनिक गरिएको हो । लोकलयमा आधारित गीतमा बाबुल गिरीको शब्द र संगीत छ ।

गीतमा संगीतकार बाबुलसँगै जुनु रिजाल काफ्लेको आवाज सुन्न सकिन्छ । कविराज गहतराजले कोरियोग्राफी रहेको भिडियोमा दीलिप रायमाझी, प्रियंका कार्की, सलोन बस्नेत र वर्षा सिवाकोटी फिचर्ड छन् । फिल्मको शिर्ष गीतले भने औसत सफलता पायो भने मिश्रीत प्रतिक्रिया पाइरहेको छ ।

फिल्ममा डेब्यु निर्देशक पौड्यालकै कथा, पटकथा र संवाद छ । पाका उमेरको मानिसको कथा भन्ने फिल्ममा दीलिप, प्रियंका, सलोन र वर्षासँगै किरण केसी, राजाराम पौडेल, शिवहरी पौड्याल, सुशील पोखरेल, सुरेन्द्र केसी, जयनन्द लामा, सरोज खनाललगायतका कलाकारको अभिनय छ ।

चैत २१ गते रिलिज हुने फिल्ममा पुरुषोत्तम प्रधानको छायांकन, बाबुल गिरीको संगीत, कविराज गहतराजको कोरियोग्राफी र मित्र डि गुरुङको सम्पादन छ ।

किरण केसी, शिवराम पौड्याल र दीलिप रायमाझी कार्यकारी निर्माता रहेको फिल्मको निर्माता अनसुया श्रेष्ठ ओन्ता हुन् । भने, सह(निर्मातामा सुशील अर्याल, डेजी अर्याल, राजाराम पौडेल, राज केसी, सुरेन्द्र केसी र दीपेन्द्र खनियाँ छन् ।

For More videos Log on to Mazzako TV