चलचित्र पत्रकार संघ प्रदेश १ को दोस्रो अधिबेशनले नरेन्द्र बस्नेतको अध्यक्षतामा ११ सदस्यीय प्रदेश कार्यसमिति सर्बसम्मत चयन गरेको छ । चलचित्र पत्रकार संघका केन्द्रिय अध्यक्ष सन्दिप सापकोटाको प्रमुख आतिथ्यमा अधिबेशन सम्पन्न भएको हो ।

सुनसरीको ईटहरीमा आईतबार सम्पन्न अधिबेशनले करिब डेढ दशकदेखि पत्रकारिता क्षेत्रमा क्रियाशिल बस्नेतको अध्यक्षतामा समिति चयन गरेको हो । संघको उपाध्यक्षमा सुन्जु राई, सचिव बिरेन्द्र कुमार शाह, सहसचिव रमेश तिवारी, कोषाध्यक्ष किशोर श्रेष्ठ, सदस्यहरूमा सुवास श्रेष्ठ, मौसमी कार्की, भाष्कर श्रेष्ठ, लक्ष्मी कुमार तामाङ, मनिष दास रहेका छन् ।

नवनिर्बाचित अध्यक्ष बस्नेतले प्रदेश १ का १४ वटै जिल्लामा रंग पत्रकारिता गरिरहेका सक्रिय पत्रकारहरुलाई संगठित गर्ने र उनीहरुको क्षमताबृद्धि लगायत उनीहरुको हक हितका लागी बिभिन्न कार्यक्रमहरु सञ्चालन गर्ने बताएका छन । प्रदेश १ मा हाल ३ दर्जन बढी सक्रिय रुपमा रंग पत्रकारिता गर्ने पत्रकारहरु रहेका छन् ।

For More videos Log on to Mazzako TV