सिनेमा चपली हाइट ३ का निर्माता अर्जुन कुमारले अभिनेत्री स्वस्तिमा खड्कालाई कहिले मेघास्टार र कहिले शेर भन्ने गरेका छन् । निर्माताले आफ्नो सिनेमाकी अभिनेत्री भएर उनलाई यसरी प्रमोशन गरिरहेका त होइनन् ?

तर, अर्जुन स्वस्तिमालाई मेघास्टार र शेर भन्न आवश्यक रहेको बताउँछन् । स्वस्तिमा जस्तो कामप्रति लगाव भएको अभिनेत्री आफूले अहिलेसम्म नदेखेको उनले बताए । अर्जुनका अनुसार, स्वस्तिमाले काठमाण्डौको चिसोमा मध्यरातमा २ दिनसम्म ट्याक्करका ट्याक्कर पानी समेत खन्याएर काम गर्दा केही भनिन् ।

मैले उनी जस्तो कामप्रति लगाव भएको अभिनेत्री देखेकै छैन, उनले भने । यसैले पनि आफूले स्वस्तिमालाई मेघास्टार र शेर भन्ने गरेको अर्जुनले बताए । सिनेमा चपली हाइट ३ चैत्रको २८ गतेबाट रिलिज हुँदैछ ।

For More videos Log on to Mazzako TV