अभिनेताहरु दयाहाङ राई र विपिन कार्कीको मुख्य भुमिका रहने फिल्म ‘के घर के डेरा’ निर्माण हुने भएको छ । सुव्रतराज आचार्यको निर्देशन रहने फिल्मको सोमबार राजधानीमा एक कार्यक्रमको आयोजना गरि फिल्मको औपचारिक घोषणा गरिएको हो । राजधानीमा कोठा भाडामा लिएर बस्नेहरुको कथामा फिल्म बन्ने छ । पैँतीस वर्ष अगाडी निर्देशक प्रदीप रिमालले यहि नाम फिल्म निर्माण गरेका थिए ।

फिल्ममा दयाहाङ राई, विपिन कार्की, वर्षा राउत, रविन्द्र झा, लूनिभा तुलाधर, आर्सिना भट्टराई लगायतका कलाकारको अभिनय रहनेछ । ताक्पा तामाङ (सिंगे लामा)को कन्सेप्टमा बन्ने सिनेमामा निर्देशक सफल केसी र प्रतिक गुरुङको पटकथा रहनेछ । शुभ लाभ फिल्मस् र ए प्लस इन्टरटेनमेन्टको व्यानरमा निर्माण हुने सिनेमालाई दिर्घ वीर गुरुङले खिच्नेछन् ।

फिल्ममा शंकर थापा(स्माइल)को संगीत, मित्र डी गुरुङको सम्पादन र गम्भीर विष्टको कोरियोग्राफी रहनेछ । सिंगे लामाको कार्यकारी निर्माण रहने फिल्ममा राजीव श्रेष्ठ र किरण महर्जन निर्माता छन् । यस्तै यमप्रसाद ओली फिल्मका सह-निर्माता हुन् ।

For More videos Log on to Mazzako TV