चैत्र २८ गतेका लागि प्रदर्शनको तयारी गरिएको फिल्म ‘चपली हाइट ३’को पहिलो गीत सार्वजनिक गरिएको छ । सार्वजनिक ‘चारानाको मसला’ बोलको गीतमा राज खम्बु र अश्मिता अधिकारीले आवाज दिएका छन् । डिपी खनालको शब्द तथा सुभाष भुषालको संगीत छ ।

प्रदीप लामा र द नेक्स्ट टिमको कोरियोग्राफी रहेको भिडियो फिल्मका कलाकार स्वस्तिमा खड्का, सुपुष्पा भट्ट, आमिर गौतम, महेश त्रिपाठी र कोरियोग्राफर प्रदीप लामा प्रस्तुत छन् । भिडियोको कन्सेप्ट पनि मज्जाको रहेको प्रतिक्रया आइरहेको छ । अर्जुन कुमारले निर्माण गरेको फिल्मको निर्देशक निकेश खड्का हुन् ।

फिल्ममा स्वस्तिमा, सुपुष्पा, आमिर, महेशसँगै अर्पण थापा, प्रतिकमान श्रेष्ठ, दीपाश्री निरौला, लक्ष्मी वर्देवा, लोकेन्द्र लेखक लगायातका कलाकारको अभिनय छ । आकाश बरालको लेखन र संवाद रहेको फिल्ममा सुभाष भुषाल र अर्जुन कुमारको संगीत, अष्ट महर्जनको एक्सन, पुरुषोत्तम प्रधानको छायांकन र दिर्घ खड्काको सम्पादन छ ।

अर्जुन कुमार फिल्मस् प्रोडक्सनको व्यानरमा निर्मित फिल्म चैत २८ देखि अलनेपाल रिलिज हुँदैछ ।

For More videos Log on to Mazzako TV