गायक सुरज तामाङ गायिका जमुना वनञ्जितको आवाजमा रहेको नयाँ गीतको म्युजिक भिडियो सार्वजनिक भएको छ । रोमान्टिक ‘तिमी छौ र त’ बोलको म्यूजिक भिडियो हालै युट्युब मार्फत सार्वजनिक भएको हो । यो गीतमा धुब्र केसीको शब्द र गायक सुरजकै संगीत छ ।

भिडियोमा विमल पुरी र सिम्पल खरेलको अभिनय छ । विमल पुरी र सिम्पल खरेलको जोडी पनि मज्जाले जमेको देखिन्छ । मोडल विमलले आफू अभिनयमा अगाडि बढ्न संघर्ष गरिरहेको र यो भिडियोले करिअरमा इट्टा थप्ने विश्वास व्यक्त गरे । पवन सुस्लिङको छायांकन रहेको भिडियोमा पवनकै सम्पादन छ । भिडियोलाई मोडल सिम्पल खरेलले निर्देशन गरेकी हुन् ।

For More videos Log on to Mazzako TV