लोकप्रिय नायिका स्वेता खड्काले कलंकीमा अबस्थित मायाज ब्युटी पार्लर एण्ड ट्रेनिङ्ग सेन्टरको चौंथो शाखा शुभारम्भ गरेकी छिन्। सौन्दर्यबिद गीता गिरीले सञ्चालनमा ल्याएको यस पार्लरको चौथो शाखामा नायिका स्वेताले रिबन र केक काटेर शुभाराम्भ गरेकी हुन्। बिगत दुई दशक देखि सौन्दर्य व्यवसाय गर्दै आएकी गीता गिरिले कलंकीमा नयाँ पार्लर सञ्चालनमा ल्याएकी छन्।

गुणस्तर युक्त प्रबिधि, सेवामुलक र सम्पूर्ण सुबिधा सम्पन्न भएको मायाज ब्युटी पार्लर एण्ड ट्रेनिङ्ग सेन्टरमा जहाँ दक्ष अनुभवि सौन्दर्यकर्मी द्वारा सेवाग्राहीले सेवा लिन पाउनेछन्। यसका साथै यस पार्लरमा अन्तराष्ट्रिय स्तरको हेयर स्टायल ट्रेनिङ्ग, मेकअप ट्रेनिङ्ग, सेल्फ मेकअप, प्रोफेसनल ट्रेनिङ्ग लगायतका ट्रेनिङ्गको ब्यबस्था गरिएको छ।

मायाज ब्युटी पार्लर एण्ड ट्रेनिङ्ग सेन्टरले अल नेपाल ब्युटिसियन सेमिनार तथा ट्रेनिङ्गहरु समेत गर्दै आएको जानकारी मायाज ब्युटी पार्लर एण्ड ट्रेनिङ्ग सेन्टरकी अध्यक्ष गीता गिरिले गराएकी छिन्। नायिका खड्काले केक काटेर नयाँ शाखा सफलताको शुभकामना दिएकी छिन्।

For More videos Log on to Mazzako TV