यहि फागुन ३० गतेबाट सार्वजनिक प्रदर्शनमा आउँने फिल्म ‘नीरफूल’ को नयाँ पोस्टर सार्वजनिक गरिएको छ । अभिनेता दयाहाङ राई र अभिनेत्री रेखा थापा अभिनित फिल्मको पोस्टरमा रुबी भ्यालीलाई पृष्ठभूमि बनाइएको छ । रङ्ग पत्रकार फूलमान वलको डेब्यु निर्देशन रहेको फिल्ममा शान्ति वाइबा, बुद्धि तामाङ, पुष्कर गुरुङ, जिम्मे छ्योकी घिसिङ, राजन खतिवडा, सरोज अर्याल, सरिता गिरी, मानस राज लगायतको पनि अभिनय छ ।

भुकम्पका कारण विछोड भएको एक परिवारको प्रेमकथा फिल्मले बोल्छ । फिल्मको पटकथा सचिन घिमिरे र निर्देशक वल स्वयंले लेखेका हुन् भने सचिन यसमा एशोसिएट निर्देशकको रुपमा पनि छन् ।

फ्रेण्ड्स अफ नेपाल–म्यान्मार फ्रेन्डसिप काउन्सिलसितको सहकार्यमा सेलो प्रोडक्शनले निर्माण गरेको फिल्मको कार्यकारी निर्माता भने दुबईकी डोमा सोनाम हुन् । निर्माताको रुपमा कतारबाट माया केसी, बेलायतबाट दिपक श्रेष्ठ, इजरायलबाट चन्द्रमाया तामाङ, जापानबाट उदय लामा, अमेरिकाबाट रोज लामा, इन्द्र तामाङ, कोरियाबाट दिनेश लम्तरी मगर र नेपालबाट अजितमान तामाङ, दिजेश श्रेष्ठ, तेन्जिन सोनाम लामा, गणेश थापा, अशोक थापा, विके श्रेष्ठ लगायत छन् ।

प्रमोद कार्कीको छायांकन, अर्जुन पोखरेल र चन्द्रकुमार दोङको संगीत रहेको फिल्मको सम्पादन निमेष श्रेष्ठ र वितरक गोविन्द शाही र मनोज राठी रहेका छन् ।

For More videos Log on to Mazzako TV