फागुन २ गते अर्थात प्रेम दिवसबाट प्रदर्शनमा आउँने फिल्म ‘लभ डायरिज’ गीत सार्वजनिक भएको छ । सौरभ चौधरी निर्देशित फिल्मको ‘अधुरो लाग्छ मेरो जीवन’ सार्वजनिक गरिएको हो । फिल्मले यसअघि सार्वजनिक २ वटा गीत र ट्रेलरबाट मज्जाको प्रतिक्रया पाईरहेको छ ।

सार्वजनिक गीतमा मानस बिक्रम थापाको शब्द, प्रविन पौडेलको संगीत र प्रताप दास र प्रबिशा अधिकारीको स्वर रहेको छ । गीतमा फिल्मका मुख्य पात्रहरु नायक सुशील श्रेष्ठ र नव नायिका रुबिना थापाको जोडीको केमेष्ट्रि लोभलाग्दा देखिदा यता विश्वजित रिमाल मख्ख छन् ।

विनोद सापकोटाको निर्माणमा बनेको फिल्ममा कलाकारहरु सुशील श्रेष्ठ, रुबिना थापा, बिशाल पहाडी, विश्वजित रिमालको पनि मुख्य भूमिका रहेको छ । शाहील खान सह–निर्देशक रहेको फिल्ममा कथा र पटकथा मधु बास्तोलाले लेखेका छन् भने अर्जुन पोखरेलको संगीत, संजय लामाको छायांकन, मिलन श्रेष्ठ र दिर्घ खड्काको सम्पादन रहेको छ ।

For More videos Log on to Mazzako TV