राई इज किङ बहुचर्चित गायक राजेशपायल राईको नयाँ गीतको म्युजिक भिडियो सार्वजनिक भएको छ । शनिबार राजधानीमा एक कार्यक्रम गर्दै गायक राजेशपायल को ‘सेवान्ने’ एल्बमको ‘हुरुक्कै भएँ म’ बोलको गीत सार्वजनिक गरिएको हो । गीतमा शब्द राजन मुकारुङको रहेको छ भने संगीत दिनेश काजी वान्तावाले भरेका छन् । हेर्नुहोस् भिडियो :

‘दर्शन नमस्ते इन्टरटेनमेन्ट प्रा.लिको युट्युव च्यानलबाट सार्वजनिक गरेको म्युजिक भिडियोमा अभिनेता दयाहाङ राई र एलिशा राईले अभिनय गरेका छन् । म्युजिक भिडियोमा दयाहाङ बोल्न र सुन्न नसक्ने युवकको भूमिकामा देखिएका छन् भने एलिशा राई एक शिक्षिकाको भूमिकामा छिन्
म्युजिक भिडियोलाई भूपेन्द्र तुम्बाम्फेले छायांकन गरेका छन् । त्यस्तै भिडियो निर्देशन किरण चाम्लिङ राई र सम्पादन अनिल रानाको रहेको छ । दयाहाङ र राजेशपायल राईको अन्तरवार्ता हेर्नुहोस् :

For More videos Log on to Mazzako TV