आज शुक्रबारबाट चलचित्र ‘दि कर्मा’ प्रदर्शनमा आएको छ । देवकुमार श्रेष्ठ निर्देशित ‘दि कर्मा’ले सोलो प्रदर्शनको मौका पाएको छ । चलचित्र ‘दि कर्मा’को मंगलवार राजधानीमा च्यारिटी शो को आयोजना गरिएको थियो । च्यारिटी शोमा चलचित्र हेर्ने दर्शकबाट उत्कृस्ट प्रतिक्रिया पाएको थियो । भारतिय कलाकारको अभिनयका कारण पनि यो चलचित्रलाई चासोको रुपमा लिईएको छ । चलचित्रको छायांकन नेपालको तराई क्षेत्रमा भएको हो ।

जय राज राय, श्रीदेव बि.एल. र निशा खतिवडा निर्माता रहेको यस चलचित्रमा शारदा खड्का अर्याल सह निर्माताको रुपमा छन् । ‘दि कर्मा’ लाई रामेश्वर कार्कीले छायांकन गरेका छन् । चलचित्रको पटकथा तथा संवाद शुशील पोखरेलको हो ।

चलचित्रमा परमिता राज्यलक्ष्मी राणा, करण वर्मा, नीता ढुंगाना, बुद्दी तामाङ्ग, अनुप सक्सेना लगायतका कलाकारहरुको अभिनय छ । जय मिडिया म्यानेजमेन्ट र श्रीत फिल्मस् एण्ड इन्टरटेन्मेन्टको ब्यानरमा बनेको ‘दि कर्मा’को कथा निर्माता जय राज राय आँफैले लेखेका हुन् ।‘दि कर्मा’को पटकथा तथा संवाद शुशील पोखरेलको हो ।

For More videos Log on to Mazzako TV