सुदर्शन थापा निर्देशित फिल्म ‘म यस्तो गीत गाउँछु २’ को ‘कसम’ बोलको तेस्रो गीत सार्वजनिक भएको छ ।पल शाह र पूजा शर्मा अभिनित फिल्मको ‘तिम्रो घरको वरिपरी’ र ‘दुःखको काँडा’ गीतले पाएको सफलतापछि तेस्रो गीत सार्वजनिक गरिएको हो । सुगम पोखरेलको स्वर रहेको गीतमा दिनेश राज पुरीको शब्द र अर्जुन पोखरेलको संगीत छ ।

यो गीतको भिडियोलाई रामजी लामिछानेले कोरियोग्राफी गरेका हुन् । सार्वजजिक ‘कसम’ बोलको गीतमा पल र पूजासँगै मोडल एलिसा शर्मा पनि प्रस्तुत भएकी छिन् । फिल्म फागुन २३ गते देखि प्रर्दशन हुँदैछ ।

फिल्ममा पल र पूजासँगै हरिहर शर्मा, दिनेश डिसी, राजा राजेन्द्र पोखरेल, सोनिका रोकाय लगायत कलाकारको अभिनय रहेको छ । अभिनेत्री पूजा र निर्देशक सुदर्शनको लगानीमा बनेको फिल्मको कथा निर्देशक सुदर्शनले तयार पारेका हुन् । सौरभ लामाले छायांकन गरेको फिल्मलाई बनिष शाह र मिलन श्रेष्ठले सम्पादन गरेका हुन् ।

For More videos Log on to Mazzako TV