अभिनेता आकाश श्रेष्ठ र अभिनेत्री पूजा शर्माले पाँचौ फिल्ममा सहकार्य गर्ने पक्का छ । सिनेमा मन परेसीको शुभसाइत भएसँगै यी दुइले पाँच वटा सिनेमामा काम गर्न लागेका हुन् । यो सिनेमाको आज राजधानीको भद्रकाली मन्दिरमा शुभसाइत गरिएको छ ।

सिनेमा मन परेसीमा पूजा र आकाशले काम गर्न लागेको पाँचौ पटक हो । यसअघि पूजा र आकाशले रामकहानी, सम्हालिन्छ कहिले मन, पोई पर्यो काले र संझना विर्सनामा काम गरिसकेका छन् । पूजा र आकाशको जोडीलाई दर्शकले रुचाएका छन् । यी दुइले अभिनय गरेको सिनेमाको इनिसियल व्यापार राम्रो छ ।

अब, यो जोडीको रिलिज हुन बाँकी ३ सिनेमा छन्, जुन अर्को बर्ष रिलिजमा आउनेछ । आकाशले सिनेमा ब्ल्याकपछि अरु अभिनेत्रीसँग काम गरेका छैनन् । यसैले पनि आकाशका लागि पूजा लक्की देखिएकी छिन् । तर, एउटै जोडीले लगातार सिनेमामा काम गर्दा दर्शकले वाक्क मान्न सक्छन् ।

आकाशले पनि अरु अभिनेत्रीहरुसँग काम गर्न आवश्यक छ । नत्र, दर्शकका लागि धेरै हुन सक्छ ।

For More videos Log on to Mazzako TV