धुर्मुस र सुन्तलीको प्रस्तुतिमा बनेको सिनेमा सेन्टी भाइरसको ट्रेलर आज सार्वजनिक भयो । यो सिनेमाको ट्रेलर सार्वजनिक कार्यक्रममा कलाकार सिताराम कट्टेल भावूक भए । विशेषगरि, उनले ६ बर्षदेखि आफूले परिवार छाडेर देशका लागि काम गरिरहेको सुनाए ।

यसो भन्दै गर्दा उनी भक्कानिए । धुर्मुसले कला क्षेत्र आफ्नो कर्म भएपनि नेताले देशका लागि काम नगर्दा आफूहरु सामाजिक अभियान्ता बन्नुपरेको सुनाए । श्रीमतीसँग काममा रमाइरहेको मानिस आज श्रीमती, छोरी कहाँ छन् आफूलाई थाहा नहुने भन्दै उनी भावूक देखिए ।

धुर्मुसले अन्तरराष्ट्रिय गौतम बुद्ध क्रिकेट रंशाशाला बनिसकेपछि कला क्षेत्रले पनि गर्व गर्ने सुनाए । कसले बनायो भन्दा कला क्षेत्रले बनायो भन्दै सबै जना खुशी हुने दिन चाडै आउने उनको भनाई थियो ।

For More videos Log on to Mazzako TV