हाँस्यजोडी सिताराम कट्टेल ‘धुर्मुस’ र कुञ्जना घिमिरे ‘सुन्तली’ को फिल्म ‘सेन्टी भाइरस’ को ट्रेलर सार्वजनिक भएको छ । बुधवार राजधानीमा एक कार्यक्रमको आयोजना गर्दै फिल्मको ट्रेलर सार्वजनिक गरिएको हो । सार्वजनिक ट्रेलरमा समसामयिक राजनीतिक विषयवस्तुमा फिल्म निर्माण भएको देखिन्छ । युट्युबमा समेत सार्वजनिक गरिएको ट्रेलरलाई छोटो समयमै सकारात्मक प्रतिक्रिया मिलिरहेको छ ।

सन्तली फिल्ममा धुर्मुसकै श्रीमती रुपमा छिन् । धुर्मुस सुन्तलीसंगै दयाहाङ राई, राजाराम पौडेल, विल्सन विक्रम राई, वुद्दि तामाङ, सन्दीप क्षेत्री, बसन्त भट्ट, एलिश राई, पवन खतिवडा लगायतको फिल्ममा अभिनय छ ।
सुबिहानी फिल्मस् प्रा.लीको ब्यानरमा निर्मित यस फिल्ममा शंकर थापा स्माइल, राजनराज सिवाकोटी र कालीप्रसाद बाँस्कोटाको संगीत छ । फिल्मको निर्माण डिन्डु लामा ह्योल्मोले गरेका हुन् । फिल्मका सह(निर्माता फूर्पा लामा हुन् । कुमार कट्टेल र दीपक आचार्यले लेखेको कथामा बनेको फिल्मका निर्देशक रामबाबु गुरुङ हुन् ।

यो फिल्मको आम्दानीको ५० प्रतिशत चितवनमा निर्माण भैरहेको ‘क्रिकेट रंगशाला’ निर्माणमा खर्च गरिने बताइएको छ । फागुन ९ गते रिलिज हुने फिल्ममा शैलेन्द्र ध्वज कार्कीको छायांकन र निमेष श्रेष्ठको सम्पादन छ ।

For More videos Log on to Mazzako TV