अभिनेत्री वर्षा राउतलाई आखिर, मिडियाकर्मीले के दबाब दिए होलान् ? जसकाकारण, उनले सिनेमा लामो समयसम्म कुरेर आफूले खोजेजस्तो काम गर्न सकिनन् ? अभिनेत्री राउतले आफूले अभिनय गर्न लागेको नयाँ सिनेमा २ नम्बरीको कार्यक्रममा २ बर्ष कुरेर महिलालाई नै केन्द्रमा राखेर बन्न लागेको सिनेमामा काम गरौं भनेपनि मिडियाको दबाब हुने बताइन् ।

उनले भनिन्–‘सिनेमा पर्खिएर काम गर्दा मिडियाकर्मीले किन सिनेमा नगर्नुभएको, सिनेमाको अफर नआएको जस्तो प्रश्न गर्नुहुन्छ । यसले हामीलाई दबाब श्रृजना हुन्छ ।’ अभिनेत्री राउतले महिला केन्द्रित सिनेमा नेपालमा बनाउन निर्माता नै डराउने बताइन् ।

यस्ता सिनेमामा दर्शकले रुची नदेखाएर पनि होला, निर्माताले लगानी गर्न डराएको तर्क उनको थियो ।

For More videos Log on to Mazzako TV