निर्देशक सुरेन्द्र पौडेल नयाँ सिनेमाको तयारीमा लागेका छन् । उनले निर्देशन गर्न लागेको सिनेमाको नाम फाइनल भएको छैन । तर, यो सिनेमाका लागि कलाकार भने मौखिक रुपमा तय भएका छन् । गायक नितेश जंग कुँवर र अभिनेत्री अदिती वुढाथोकीसँग सुरेन्द्रले काम अगाडि बढाएका छन् ।

अदिती अहिले मुम्बइमा छिन् । नितेश गायनका माध्यमबाट युवाहरुमाझ चर्चामा छन् । अदितीले सिनेमा कृ मा काम गरेकी थिइन् । यसपछि उनले लामै समय सिनेमामा काम गरिनन् । अदिती र नितेशलाई लिएर सुरेन्द्रले सिनेमाको छायांकन सिक्किममा गर्ने तयारी गरेका छन् ।

For More videos Log on to Mazzako TV