सिनेमा २ नम्बरीको घोषणा भएको छ । यो सिनेमालाई २ साथीको कथालाई प्रस्तुत गर्नेछ । सिनेमालाई दिपेन्द्र लामाले निर्देशन गर्दैछन् । सिनेमामा उनको नै कथा छ । यो सिनेमामा अभिनेता दयाहाङ राई र पल शाह साथीको भूमिकामा देखिदैछन् ।

उनीहरुको साथमा सिनेमामा वर्षा राउत र वुद्दि तामाङ पनि मुख्य भूमिकामा छन् । सिनेमा २ नम्बरी ले एउटा गाउँका साथी, उनीहरुको मित्रता, पछि हुने दुश्मनी र फेरि हुने मित्रताको कथालाई उठाएको निर्देशक लामाले जानकारी दिए । उनले सिनेमाको नाम २ नम्बरी भएपनि यसलाई नकारात्मक नजरबाट हेर्न नमिल्ने बताएका छन् ।

रेड बर्ड प्रोडक्शन र आरआर फिल्म प्रोडक्शनको ब्यानरमा निर्माण हुन लागेको यो चलचित्रमा कार्यकारी निर्माताको रुपमा रत्न श्रेष्ठ छन् । किरण नेपालीको प्रस्तुतिमा तयार हुन लागेको चलचित्रमा रोहित कट्टेल र सरोज नेपाली निर्माताको रुपमा छन् भने अमलादेवी राई सह–निर्माताको रुपमा छन् । चलचित्रमा सुशन प्रजापतिको छायांकन, रामजी लामिछानेको कोरियोग्राफी रहनेछ ।

सिनेमाको छायांकन माघको २५ गतेबाट सुरु हुँदैछ । सिनेमालाई आउँदो बर्षको जनैपूर्णिमामा रिलिज गर्ने जानकारी निर्माता किरण नेपालीले दिएका छन् ।

For More videos Log on to Mazzako TV