सिनेमा नाई नभन्नु ल ६ बन्ने भएको छ । नाई नभन्नु ल ५ बनेको करिब २ बर्षपछि यो सिनेमा बन्न लागेको हो । नाई नभन्नु ल ५ बाट बाल कलाकारको रुपमा सेड्रिना शर्मा उदाएकी थिइन् । अब, उनी यो सिनेमाको छैटौ सिरिजमा पनि हुने भएकी छिन् ।

निर्देशक विकास राज आचार्यले अहिले सिनेमाको कथा र गीतमा काम गरिरहेका छन् । वैशाखको १५ गतेबाट सिनेमाको छायांकन सुरु गर्ने योजना विकासको छ । सिनेमामा बाल कलाकारको रुपमा अनुभव रेग्मी हुनेछन् ।
अभिनेता भने नयाँ हुने वुझिएको छ । यस्तै, सिनेमामा ३ जना अभिनेत्री हुनेछन् । २ जना अभिनेत्री पुरानै लिएर विकासले एक जना अभिनेत्री भने नयाँ अनुहार लिने तयारी गरेका छन् ।

For More videos Log on to Mazzako TV