यहि माघ २४ गतेबाट अलनेपाल सार्वजनिक प्रदर्शनमा आउँने फिल्म साङ्लोको दोस्रो गीत सार्वजनिक भएको छ । एक्सनस्टार विराज भट्ट तथा डेब्यु अभिनेत्री निकता चाण्डक अभिनित फिल्मको ‘झ्याम्मै आँखा झ्याम्मै’ बोलको गीत सार्वजनिक भएको हो । सुरेश अधिकारीको संगीत रहेको गीतमा अन्जु पन्त र निशान भट्टराईको स्वर छ । गीतको शब्द रचना पनि निशानले नै गरेका हुन् । भने, कोरियोग्राफी रामजी लामिछानेको हो ।

डान्सिङ गीतमा बिराज र निकिताको केमेष्ट्रि लोभलाग्दो त छदैछ, त्यमाथि यो जोडीले स्पष्ट स्टेप्स दिएका छन् । यसअघि सावजनिक ‘चरीले काफल टिप्यो’ बोलको गीत र ट्रेलरले मज्जाको प्रतिक्रिया पाइरहेका छन् ।

एक्सन प्रधान फिल्मलाई विराज आफैले निर्माण तथा निर्देशन गरेका हुन् । फिल्ममा विराज र निकितासँगै जयनन्द लामा, कामेश्वर चौरसिया, प्रकाश शाह, आरपी पन्त, लय संग्रौला, अमित गिरी, शिशिर भण्डारी, रमेश सोडारी, भिष्म जोशी लगायतको अभिनय छ ।

शिवम अधिकारीको लेखनमा निर्मित फिल्ममा सुरेश अधिकारी र राजनराज सिवाकोटीको संगीत, श्री श्रेष्ठको एक्सन, मानकृष्ण महर्जनको छायांकन, अर्जुन जिसीको सम्पादन र कविराज गहतराज र रामजी लामिछानेको कोरियोग्राफी छ ।

For More videos Log on to Mazzako TV