यतिबेला नेपाली सिने बजारमा तेलुगु फिल्म अर्जुन रेड्डीको नेपाली रिमेक बन्ने चर्चा छ । अब, यो सिनेमाको निर्देशकको नाम पनि सार्वजनिक गरिएको छ । विशाल सापकोटाले यो सिनेमाको निर्देशन गर्ने पक्का भएको छ । विशालले निर्देशन गरेको सिनेमा सेल्फी किङ्ग माघको २४ गतेबाट रिलिज हुँदैछ ।

यो सिनेमापछि विशालले अर्जुन रेड्डीको रिमेकमा काम गर्नेछन् । यो सिनेमाका लागि अभिनेता र अभिनेत्री अडिसनबाट चयन गर्ने बताइएको छ । अभिनेता आर्यन सिग्देलको नाम अघि आएपनि आर्यनले यो सिनेमामा आफू नरहेको बताइसकेका छन् । अर्जुन रेड्डी तेलुगु सुपरहिट सिनेमा हो ।

यो सिनेमाको बलिउड रिमेक कविर सिंह पनि सुपरहिट भैसकेको छ । यूवा फिल्मस्ले यो सिनेमाको नेपाली रिमेकको अधिकार लिएको हो ।

For More videos Log on to Mazzako TV