गायिका सराना श्रेष्ठको स्वरमा रहेको ‘पानी छायाँ’ बोलको गीतको म्युजिक भिडियो सार्वजनिक गरिएको छ । गायनमा सरानालाई उनका पिता तथा वरिष्ठ कलाकार मदनकृष्ण श्रेष्ठले साथ दिएका छन् । शुक्रबार राजधानीमा एक कार्यक्रमको आयोजना गर्दै उक्त गीत सार्वजनिक गरिएको हो । गीतमा गीतकार राजेन्द्र थापाको शब्द, संगीतकार राजनराज शिवाकोटीको संगीत रहेको छ ।

मदन र सरानासँगै हरिवंश आचार्य, राजेन्द्र थापा, दीपाश्री निरौला, केदार घिमिर, भिडियोका निर्देशक सुव्रतराज आचार्य लगायतको अपस्थिती रहेको थियो । कार्यक्रमको संचालनसन्दीप क्षेत्रीले गरेका थिए । गीत सार्वजनिक भएसंगै सरानाको स्वरलाई तारिफ मिलिको छ । साथै , भिडियोलाई पनि रुचाइएको छ । विशेषत भिडियोमा प्रस्तुत गरिएको कन्सेप्टको लाई मज्जाको प्रतिक्रिया मिलेको छ ।

भिडियोमा मदन र सरानासँगै केविश पाण्डे, आर्शिना भट्टराईको पनि अभिनय रहेको छ । भिडियोमा राजिव समरको कोरियोग्रफी नवराज उप्रेतीले छायाँकन रहेको गीतलाई सुप्रिम पराजुलीले सम्पादन गरेका हुन् । भिडियोलाई सुव्रतराज आचार्यले निर्देशन गरेका हुन् ।

For More videos Log on to Mazzako TV