अभिनेता सबिन श्रेष्ठ तथा अभिनेत्री महिमा सिलवाल फिल्म ‘ताकतवर’ को ट्रेलर सार्वजनिक गरिएको छ । शनिबार राजधानीमा एक कार्यक्रमको आयोजना गर्दै फिल्मको ट्रेलर सार्वजनिक गरिएको हो । फिल्म ‘ताकतवरे’ प्रेम र एक्सनले भरिएको फिल्म जि.आर प्रोडक्सन र आर्ट मुभिजको संयुक्त ब्यानरमा निर्माण भएको हो ।

गजेन्द्र रज्जितको निर्देशन तथा आरती शाही र निर्देशक स्वयंको निमार्णमा तयार फिल्ममा नारायण कृष्ण महर्जन, सुनिल विष्ट (गौले), वद्रि फुयाँल सहनिर्माताका रूपमा रहेका छन् । फिल्ममा सविन श्रेष्ठ, धु्रव कोइराला, महिमा सिलवाल, शेखर सुवेदी, रिजा भुषाल लगायतको अभिनय रहेको छ ।

रामेश्वर हुमागाईंको छायांकन तथा चन्द्र पन्तको द्वन्द्व निर्देशनमा तयार फिल्ममा रामजी लामिछानेको कोरियोग्राफी देख्न सकिन्छ । सुनिल प्रकाश श्रेष्ठको लेखनमा तयार फिल्ममा मित्रडी गुरूङको सम्पादन रहेको छ ।
फिल्मको प्रर्दशन मिति तय नभएपनि चैतको दोस्रो साता सम्ममा प्रदर्शनमा ल्याउने निर्माण युनिटको तयारी रहेको छ ।

For More videos Log on to Mazzako TV