तेलुगु सिनेमा अर्जुन रेड्डीको रिमेक नेपाली भाषामा पनि बन्ने पक्का भैसकेको छ । युवा फिल्मस्ले यो सिनेमा निर्माणको राइट्स लिइसकेको छ । सिनेमाको नेपाली राइट्स लिएसँगै यसमा अभिनेता को हुने भन्ने चर्चा पनि छ ।

यसैविच, विभिन्न संचारमाध्यममा अभिनेता आर्यन सिग्देलको नाम सार्वजनिक भैरहेको थियो । अभिनेता आर्यन सिग्देलले सिनेमा साइन गरिसकेको खबर पनि आइरहेको छ । तर, अभिनेता आर्यन सिग्देलले भने आफू यो सिनेमाको हिस्सा नभएको बताए ।

उनले, सिनेमाको टिमलाई शुभकामना दिदै आफूलाई यो सिनेमाका लागि अफर पनि नआएको बताएका छन् । तर, केही मिडियामा भने आर्यनले यो सिनेमा साइन गरिसकेको खबर सार्वजनिक भएको छ । अर्जुन रेड्डीको हिन्दी रिमेक कविर सिंहले पनि बक्स अफिसमा धुम मच्चाइसकेको छ ।

For More videos Log on to Mazzako TV