akki-in2

बलिउड नायक अक्षय कुमार यतिबेला नेपालमा ‘बेबी’ नामक चलचित्रको सुटिङ्ग गरिरहेका छन् । सोमबार उनको चलचित्रको सुटिङ्ग ठमेल क्षेत्रमा गरियो । सुटिङ्गका कारण सोमबार ठमेल क्षेत्रको यातायात ब्यबस्था नै ठप्प हुन पुगेको थियो ।

विषेत उनलाई भेट्न र हेर्नका लागि जानेहरुका कारणले सडक जाम नै हुन पुग्यो । ठमेलको मन्डला सडकमा उनको सिनेमाको छायांकन गरिएको थियो । सिनेमा छायांकन हुदा २ घण्टा ठमेलमा आवतजावतमा रोक लगाईएको भएता पनि उनलाई हेर्न जानेको घुईचो लागेको थियो ।

akki-in4

अक्षयको सुटिङ्ग चलिईरहदा टाढैबाट सर्वसाधारणले अक्षयलाई हेर्ने मौका भने पाए । उनले उपस्थित सर्वसाधारणलाई टाढैबाट भएपनि नमस्कार गरे । चलचित्रको सुटिङ्गका लागि भनेर शुक्रबार नेपाल आएका अक्षयले यसअघि बौद्व स्तुपालाई संसारकै एक सुन्दर धार्मिक स्थल भनि प्रतिक्रिया दिएका थिए ।

akki-in3

नेपालमा छायांकन भईरहेको उनको चलचित्रको निर्देशन निरज पाण्डेले गरिरहेका छन् । फिल्मका लागि अक्षयसँगै तपसी पन्नु पनि नेपाल आएकी हुन्। बलिउड खेलाडी अक्षय कुमारको नेपाल बसाई एक हप्ताको रहेको बुझिएको छ । होटल ह्यातमा उनी दैनिक ८० हजार भन्दा बढी मुल्य पर्ने सबैभन्दा महंगो कोठामा बसेको स्रोत बताउछ ।

akki-in1

akki-in5

akki-in6

akki-in7

akshya-kumar-in-t-hamle-hi

फोटो – लेक्स लिम्बु र रातो पाटी

For More videos Log on to Mazzako TV