अभिनेता दयाहाङ राई र अर्का अभिनेता विपिन कार्की पर्दामा एकसाथ देखिने भएका छन् । यी दुइलाई दर्शकले फिल्म के घर के डेरामा देख्न पाउनेछन् । चैत्रबाट छायांकनमा जान लागेको सिनेमालाई सुव्रतराज आचार्यले निर्देशन गर्दैछन् ।

सिनेमामा विपिन र दयाको साथमा कलाकार रविन्द्र झाको पनि मुख्य भूमिका रहनेछ । सिनेमा के घर डेरा सामाजिक कथामा कमेडी शैलीमा तयार पारिनेछ । सिनेमाको बिषयमा यसको टिमले भने पत्रकार सम्मेलनको आयोजना गर्दै बताउने बताएको छ ।

सिनेमा के घर के डेराका लागि अभिनेत्रीको खोजी भैरहेको छ । सिंगे लामाको प्रस्तुतिमा तयार हुने सिनेमामा शरद श्रेष्ठ र किरण महर्जन निर्माताको रुपमा छन् । दया र विपिनले लुट २, जात्रै जात्रामा काम गरिसकेका छन् ।

For More videos Log on to Mazzako TV