अभिनेता प्रदीप खड्का स्टारर बहुप्रतिक्षीत फिल्म ‘प्रेमगीत ३’ को छायांकन सम्पन्न भएको छ । मंगलवार छायांकन सकिएपछि बुधवार फिल्मको युनिट राजधानी आइ पुगेको हो । फिल्मको ७० दिनमा सुटिङ प्याकअप भएको निर्माता सन्तोष सेनले बताए । काठमाण्डौमा इनडोरको छायांकन सकेर मनाङको माइनल डिग्री तापक्रममा फिल्मको छायांकन गरिएको थियो । बिग बजेटमा बनेको फिल्मलाई छेतेन गुरुङ र निर्माता सेनले मिलेर निर्देशन गरेका हुन् ।

चैत २८ गतेबाट सार्वजनिक प्रदर्शनमा आउँने फिल्मको अब एक प्रोमोसनल गीत खिच्न बाँकी रहेको निर्माता सेनले जनकारी लिए ।
मनाङ जानु अघि ‘प्रेमगीत ३’ को ४५ प्रतिशत दृश्य काठमाडौंको कीर्तिपूरमा भव्य सेट निर्माण गरेर खिचिएको थियो । फिल्मका लागि सबैभन्दा ठूलो खर्च काठमाडौंमा निर्माण गरिएको सेट र मनाङमा मुस्ताङबाट मगाइएको घोडामा भएको बताइएको छ ।

‘प्रेमगीत ३’ मा अभिनेता प्रदीपको अपोजिटमा नव–अभिनेत्री क्रिस्टिना गुरुङ छिन् । फिल्मको कथा र पटकथा छेतन गुरुङ र मन्दिप गौतमले लेखेका हुन् । फिल्ममा शिव श्रेष्ठ, सुनिल थापा, सन्तोष सेन, माओत्से गुरुङ, मनीष राउत, प्रेम पुरी, लक्ष्मी बर्देवा, अनुभव रेग्मी, योगिशा खत्री, सम्वृद्धि शाही ठकुरीलगायतको पनि अभिनय छ ।

कल्याण सिंह र एलिश कार्कीको संगीत रहेको फिल्ममा प्रताप दास, मेलिना राई, सागर आले र प्रविशा अधिकारीले स्वर छ । चक्रबहादुर चन्द र डम्बर बिक्रम सेन कार्यकारी निर्मातामा छन् भने कुमार शान शाह र ओएसआर डिजिटल सह–निर्माताको रुपमा रहेको छ ।

For More videos Log on to Mazzako TV