अभिनेत्री जसिता गुरुङले अभिनेता भूवन केसीको निर्माणमा बन्न लागेको सिनेमा एन्टी हिरो साइन गरेसँगै अब उनले काम गर्ने भनिएको आई एम ट्वान्टी वानको छायांकन के हुन्छ भन्ने प्रश्न उब्जिएको छ । यो सिनेमाको घोषणा भएको डेढ बर्ष भन्दा बढी भैसक्यो । तर, सिनेमाको छायांकन सुरु हुन सकेको छैन ।

बरु, यसकी निर्देशक रेनशा वान्तवा राइले यो विचमा बिहे गरिन् र राजधानीको नयाँ बाँनेश्वरमा हल समेत संचालनमा ल्याइसकेकी छिन् । यो सिनेमाकी अभिनेत्री जसिता गुरुङले अभिनेता अनमोल केसीको जोडी भएर एन्टी हिरोमा काम गर्ने पक्का भएको छ ।

अभिनेता धिरज मगर यो सिनेमाको नै छायांकन कुरिहेका छन् । तर, सिनेमाको छायांकन सुरु नहुँदा धिरजलाई बढी समस्या पर्ने देखिन्छ । निर्देशक वान्तवा राई चाडै नै सिनेमाको छायांकन सुरु हुने बताउँछिन् ।

For More videos Log on to Mazzako TV