‘सेल्फी किङ्ग’ को ‘जिन्दगीको के छ र भर’ बोल गीत सार्वजनिक भएको छ । लिरिकल गीतमा सुभाष भुषालको संगीत, सुरज गैरेको शब्द र केतन क्षेत्रीको स्वर छ । विशाल सापकोटाको डेब्यू निर्देशनमा बनेको फिल्म यही माघ २४ गतेबाट देशव्यापी प्रदर्शनमा आउँने छ ।

भिडियोमा अभिनेता विपिनको अभिनयले मन छुन्छ । फिल्ममा उनले चर्चित टेलिभिजन हास्यकलाकारको भूमिका निभाएका छन् । फिल्म ‘सेल्फी किङ्ग’ को कथा निर्देशक विशाल सापकोटा आफैंले लेखेका हुन् । फिल्ममा अभिनेता विपिन कार्कीको श्रीमतीको भूमिका अभिनेत्री लक्ष्मी वर्देवाले निभाएकी छन् । अभय बराल, भुवन चन्द, लोकमणी सापकोटा, जीवन भट्टराई, सविन बाँस्तोला, बलदीप राई, अमितेष शाह लगायतका कलाकारहरुको अभिनय छ ।

निर्देशक समेत रहेका दिनेश राउत र सुवास थापाले फिल्मको निर्माण गरेका हुन् । यसअघि दिनेश र सुवासबीच फिल्म ‘प्रसाद’ मा सहकार्य भएको थियो । प्रवल कोइराला र राजेश बिसुराल फिल्मका सह(निर्माताको रुपमा रहेका छन् ।

For More videos Log on to Mazzako TV