नेपाली फिल्ममा व्यापारको खडेरी छ । कात्तिक ८ गते रिलिज भएको सिनेमा पोई पर्यो कालेपछि कुनै पनि सिनेमा हेर्न दर्शक हलसम्म आएको रेकर्ड छैन । निर्माताको हातमा कमजोर कमाई छ । यसैले पनि सिनेमा क्षेत्रमा अब कुन सिनेमाले राहत देला भन्ने चर्चा छ । पौष महिनामा दम र माघको ३ गते १२ सत्ताइस नामक सिनेमा रिलिज भए ।

दुबै सिनेमा आएको र गएको दर्शकले पत्तो पाएनन् । यसैले, माघको १७ गतेबाट रिलिज हुन लागेको सिनेमा दि कर्मा यतिबेला आशामा छ । परमिता आर एल राणा, नीता ढुंगानाको करिअरका लागि पनि यो सिनेमा चल्नुपर्छ । देवकुमार श्रेष्ठले निर्देशन गरेको यो सिनेमाले नेपाल र भारतको बोर्डरमा हुने गरेको तस्करी र अपराको कथालाई उठाएको छ ।

लामो समयदेखि देखिएको व्यापारिक खडेरीलाई दि कर्माले तोडेको खण्डमा यो सिनेमाका निर्मातालाई मात्र होइन, नेपाली फिल्मलाई पनि राहत मिल्नेछ ।

For More videos Log on to Mazzako TV