फिल्म लभ डायरीजबाट नेपाली फिल्म क्षेत्रमा प्रवेश गर्न लागेकी अभिनेत्री हुन् रुविना थापा । उनी अभिनित यो सिनेमा फागुण २ गतेबाट रिलिज हुँदैछ । अभिनेत्री रुविना सिनेमा क्षेत्रको पृष्ठभूमीबाट आएकी होइनन् । यसैले पनि होला, उनलाई सिनेमा क्षेत्र सहज छैन भन्ने लाग्छ । रुविनाका अनुसार, सिनेमा क्षेत्र हेर्दा जती सहज छ त्यती नै गाह्रो पनि छ ।

यहाँ स्थापित हुन निकै गाह्रो रहेको उनको वुझाई छ । उनी, अब भने आफू सिनेमा क्षेत्रको भएपनि आउनु अघि पृष्ठभूमी यो क्षेत्रको नभएको बताउँछिन् । रुविना फिल्म लभ डायरीजबाट आशावादी छिन् । यो सिनेमा चलेको खण्डमा उनलाई करिअर पनि बल्छ भन्ने लागेको छ ।

For More videos Log on to Mazzako TV