अभिनेत्री साम्राज्ञी राज्यलक्ष्मी शाहले म्यूजिक भिडियोमा काम गरेकी छैनन् । तर, अब उनले आफ्नो यो नियमलाई भत्काएकी छिन् । साम्राज्ञी अब म्यूजिक भिडियोमा देखिने भएकी छिन् । उनले, आफ्नी आमा नेहा आरएल शाहको आवाजमा रहेको तिमी र म बोलको गीतको म्यूजिक भिडियोमा काम गरेकी छिन् ।

रोचक कुरा के छ भने, यो भिडियोमा साम्राज्ञीसँग उनका प्रेमी देवांश जंगबहादुर राणाले पनि मोडलिङ गरेका छन् । साम्राज्ञी र देवांशको जोडी रियल लाइफमा हिट छ । अब उनीहरुको म्यूजिक भिडियोले कत्तीको चर्चा पाउने हो, हेर्न बाँकी छ ।

For More videos Log on to Mazzako TV