अभिनेत्री उपासना सिंह ठकुरीलाई दुई चलचित्रमा काम गर्दा नै चर्चा मिलेको छ । दुई चलचित्रमा काम गर्दा नै उनले जुन खालको सफलता पाइन्, यो लोभलाग्दो नै छ । फिल्म कबड्डी ३ मा काम गरेपछि त उनको डिमाण्ड झनै चुलिएको छ ।

उनलाई सिनेमामा लिएर काम गर्न चाहने निर्माताको संख्या पनि बढेको छ । तर, उपासना अहिले नै फिल्ममा काम गर्ने मनस्थितीमा छैनन् । कबड्डी ३ को कथा मन परेर आफ्नो पढाई नै रोकेर उनले काम गरिन् । तर, अब पढाई पुरा गरेर मात्र काम गर्ने सोच उनको छ ।

यसैले पनि उनी आगामी भदौ अघि सिनेमाको लागि नसोच्ने बताउँछिन् । क्याप्टने र कबड्डी ३ मा काम गरेपछि उपासनालाई दबाब बढेको छ ।

For More videos Log on to Mazzako TV