अभिनेत्री प्रियंका कार्कीले अभिनेता आयुष्मान देशराज जोशीसँग बिहे गर्न लागेकी छिन् । तर, उनको बिहे कहिले हुन्छ भनेर एकिन भने भएको छैन । तर, प्रियंका भने ब्याचलर पार्टीमा रमाइरहेकी छिन् । थाइल्याण्डमा मोडल सहाना बज्रचार्यको साथमा केही महिला साथीको साथमा पुगेकी प्रियंकाको ब्याचलर पार्टी निकै नै बोल्ड देखिन्छ ।

उनका साथीहरुले केक काटेर उनलाई शुभकामना दिएका छन् । विकिनीमा सजिएकी प्रियंका र उनका साथीहरुको तस्वीर अहिले चर्चामा छ । अभिनेत्री कार्की र अभिनेता आयुष्मानविच प्रेम भएको केही बर्ष भयो । यो असारमै बिहे गर्नेगरि इन्गेजमेन्ट गरेका उनीहरुको बिहे लम्बिएपछि उनीहरुविच बिहे नहुने त होइन भन्ने खालको चर्चा पनि चल्यो ।

तर, यो विचमा प्रियंकाले बोल्ड ब्याचलर पार्टी मनाएपछि आयुष्मान र उनी वैवाहिक जीवनमा बाधिन लागेको पक्का भएको छ ।

For More videos Log on to Mazzako TV