अभिनेत्री करिश्मा मानन्धरले गायिका आस्था राउतको प्रकरणमा आफ्नो धारणा सार्वजनिक गरेकी छिन् । उनले फेसबुकमा स्टाटस लेख्दै भनेकी छिन्–‘आवेगमा आस्थाले केही त्रुटी बोल्ने समयमा गरिन् होला । तर, के नेपाल पुलिसबाट तँ नखाने कोही छौ ? त्यो पनि विना कारण ? हामी त यो कामको तनाव हो भनेर हाँसेर छाडिदिन्छौ । तर, अब केटाकेटीले रियाक्ट गरिन् । त्यही हो ।’

करिश्माले गायिका राउतलाई विचरा भन्दै आफूहरुले भने सहेर वाक्क पारेको पनि लेखेकी छिन् । उनले, असभ्य भाषा बोल्ने अधिकार कसैलाई पनि नभएको भन्दै प्रहरी पनि मानिस भएको बताएकी छिन् । तर, उनले प्रहरीको काम कारवाहीमा पनि प्रश्न उठाएकी छिन् ।

करिश्माले भाषासँगै ट्राफिक व्यवस्थापनमा पनि सुधार गर्न आवश्यक रहेको तर्क गरेकी छिन् । विमानस्थलमा आस्था राउत र महिला प्रहरीविच भएको घटनासँगै प्रहरीले आस्थालाई पक्राउ गर्ने अनुमती पाइसकेको छ ।

For More videos Log on to Mazzako TV