निर्माता तथा हल संचालक सुमित मैनालीले काठमाण्डौको दरबारमार्गमा रहेको शेर्पा मलमा लुक्स सैलुन संचालनमा ल्याएका छन् । महिला र पुरुष दुबैका लागि संचालनमा ल्याइएको यो सैलुनमा हरेक सुविधा भएको उनले बताए ।

सुमितले संचालनमा ल्याएको सैलुनमा गोप्यता समेत अपनाइएको छ । गोप्यता पछिल्लो समय सैलुन जाने ग्रांहकले खोजिरहेकाले पनि त्यो सुविधा पनि दिएको सुमितले बताए । यो सैलुनको अभिनेत्रीद्धय पूजा शर्मा र वर्षा राउत, अभिनेता आकाश श्रेष्ठ, निर्देशक दीपाश्री निरौलाले उद्घाटन गरेका छन् ।

सिनेकर्मीले नै संचालनमा ल्याएकाले पनि आलोचना गर्न मिल्ने अभिनेत्री शर्माले बताइन् । उनले, आफूले मेकअप खासै नगर्ने समेत बताइन् । सुमितले मानिसहरुमा घाटी माथि ख्याल गर्ने ट्रेन्ड लुक्सले विकास गर्ने दाबी गरे ।

For More videos Log on to Mazzako TV