अभिनेता विराज भट्टले लामै समय भोजपुरी सिनेमामा काम गरे । भोजपुरी सिनेमामा उनी चलेका अभिनेता थिए । अहिले पनि विराजको माग भोजपुरीमा कम भएको छैन । अझै पनि उनी मुम्बई पुगेर सिनेमाको छायांकन गरिरहेका हुन्छन् नै । तर, मुम्बइमा लामो समय बस्दा पनि विराजले बलिउड सिनेमा किन खेलेनन् होला ?

विराजका अनुसार, उनी कहिले पनि सिनेमाको अडिसनका लागि गएनन् । सोधीखोजी पनि गरेनन् । यसमा उनको नै कमजोरी छ । विराजले आफूले अझै पनि बलिउडका लागि काम गर्न सक्ने संकेत भने गरेका छन् । सिनेमा साङ्लोको तारिफ बलिउडमा समेत भएको दाबी विराजको छ । यो सिनेमा माघको २४ गतेबाट रिलिज हुँदैछ ।

For More videos Log on to Mazzako TV