कमेडी च्याम्पियनका सुमनले गरे भोटको अपिल
मोरङका सुमन कार्की कमेडी च्याम्पियनको उपाधि नजिक पुगेका छन् । मोरङ रतुवामाई घर भएका सुमन नेपालकै पहिलो रियालिटी शो कमेडी च्याम्पियनको टप ६ मा पर्न सफल भएका हुन् । उनको प्रहशन निकै मज्जाको छ । देशभरका प्रतियोगीलाई उछिन्दै सुमन कमेडी च्याम्पियनको टप ६ मा पर्न सफल भए अब उनलाई भोटको खाँचो छ ।

सामान्य आर्थिक अवस्थाका कमेडीयन सुमनलाई स्पर्धाको उपाधि उचाल्न यतिबेला वढीभन्दा वढी भोटको आवश्यक्ता छ । उनले आफूलाई माया गर्ने आमदर्शक स्रोतालाई जतिसक्दो धेरै भोट गरेर बिजेता बनाउन अपिल गरेका छन् । उनलाई भोट गर्न नेपालमा हुनुहुने दर्शकले इ–सेवाको एप डाउनलोड गरेर भोट गर्न सक्नुहुन्छ भने नेपाल बाहिर रहेका दर्शकले कमेडी च्याम्पियनको एप डाउनलोड गरेर फ्री भोट गर्नुसक्नुहुन्छ । उनको भोटिङ कोर्ड नं. २० रहेको छ ।

ओखल्ढुङ्गामा जन्मिएका सुमन हाँस्य कलाकारिताका हरिवंश आचार्य, मदनकृष्ण श्रेष्ठ, मनोज गजुरेल, राजाराम पौडेल, दीपक दीपाश्री, जितु नेपालजस्ता दिग्गज व्यक्तिहरुको सहकार्यसँगै उनीहरुको प्रेरणाले आफ्नो प्रस्तुतिमा थप निखार ल्याउन सफल छन् ।
हाल कान्तिपुुर टेलिभिजनबाट प्रशारण भैरहेको कमेडी च्याम्पियनमा टप – ६ मा परेपछि उनी उपाधिका एक दाबेदार मानिएका छन् । समसामयिक विषयमा मज्जाको प्रस्तुति दिने सुमनले श्रमिक र निमुखाहरुको पक्षमा आफुलाई उभ्याउने गरेका छन् । बसका सहचालकका दुःख, डिउटीमा ट्राफिक प्रहरीले ब्यहोर्नु परेको भुक्तमान जस्ता प्रस्तुतिले दर्शकदीर्घालाई चसक्क छुन्छ नै ।
पत्रकार ऋषि धमलाको क्यारिकेचरमा आफुलाई दुरुस्तै ढाल्न सक्ने खुबी उनको छ । जस्तो की चर्चित हाँस्य कलाकार विल्सनविक्रम राई तोक्मे बुढाको भुमिकामा पनि उनी फिट छन् । यसबाहेक देश विदेशका चर्चित व्यक्तिका हाउभाउ र बोलीलाई पनि हुवहु बनाउनु उनको अर्को विशेषता हो । हाँस्य शैलीमा प्रस्तुत हुने रेडियो अडियोमा लामो समयदेखि कार्यरत सुमन स्टेज कार्यक्रमहरु मा पनि दमदार प्रस्तुति दिएर उत्तिकै चर्चित छन् ।