शिवहरी पौड्याल (मुखमा हान्नु जस्तो) को डेब्यू निर्देशनमा तयार फिल्म ‘लक्का जवान’ को शीर्ष गीत सार्वजनिक भएको छ । बुधबार राजधानीमा एक कार्यक्रमको आयोजना गर्दै सार्वजनिक गरेको गीतमा आधा दर्जनबढि कलाकारले नृत्य प्रस्तुत गरेका छन् । सार्वजनिक गीतमा कोरियोग्राफी कविराज गहतराजको छ ।

सरोज खनाल, दीलिप रायमाझी, प्रियंका कार्की, निर्देशक पौड्यालसँगै वर्षा शिवाकोटी, किरण केसी, राजाराम पौडेल, जयनन्द लामा लगायत गीतमा प्रस्तुत छन् । गीतमा स्वर मिना निरौला र बबुल गिरीको छ भने संगीत बबुलकै रहँदा शब्द डिपी खनालको छ ।

चैत्र २१ लाई प्रदर्शन मिति तय गरेको फिल्मको कथा पनि निर्देशक पौड्यालको नै हो । मित्र डि गुरुङ यो फिल्मको सम्पादकमा छन् भने छायाँकन पुरुषोत्तम प्रधानको छ ।

For More videos Log on to Mazzako TV