हुनत, कलाकारले जुन तरिकाले कलाकारिता देखाएपनि हुन्छ भन्ने होला । किनकी, कलाकारलाई ठूलो र सानो पर्दा हुँदैन भन्ने तर्क पनि हुन्छ । तर, चलचित्रमा नायक र नायिका भएर काम गरिसकेका कलाकारलाई म्यूजिक भिडियोमा बारम्बार देख्दा दर्शक हलसम्म पुग्दैनन् । बरु, क्रेज घट्छ ।

यो भने सत्य कुरा हो । अभिनेता आयुष्मान देशराज जोशी र अभिनेत्री प्रियंका कार्कीको अवस्था पनि यही नै छ । पछिल्लो रिलिज प्रेमदिवस पछि दुबैको हातमा फिल्मको संख्या कम छ । प्रियंका फाट्टफुट्ट फिल्ममा देखिएपनि आयुष्मान भने सिनेमाको अभावमा छन् ।

दुबैले युटुबमा वेव सिरिज पनि बनाएका थिए । तर, वेव सिरिजले पनि दुबैलाई फाइदा दिएन । दर्शकले वेव सिरिजमा खासै रुची देखाएनन् । दुबै जना म्यूजिक भिडियोमा नै व्यस्त छन् । बेलैमा करिअरको बारेमा सोचेको भए, अहिले दुइलाई दर्शक र मेकरले नपत्याउने अवस्था आउने थिएन ।

For More videos Log on to Mazzako TV