एक्सन स्टार बिराज भट्टको प्रतिक्षित फिल्म ‘साङ्लो’ नयाँ गीत छांयाकन स्थलबाट केही तश्बिरहरु बाहिरिएका छन् । ट्रेलर र गीतमा दर्शकले मज्जाको प्रतिक्रिया पाइरहेको अबस्थामा सार्वजनिक तश्बिरले पानि दर्शको ध्यान तान्ने छ । फिल्मको नयाँ गीतलाई काठमाडौँमा खिचिदैछ ।

सुरेश अधिकारीको संगीतमा तयार गीतमा विराज र डेब्यु अभिनेत्री निकिता चाण्डक फिचर्ड छन् । यसअघि ‘चरीले काफल टिप्यो’ बोलको गीतले मज्जाको तारिफ पाएको थियो ।

अन्जु पन्त र निशान भट्टराईले आवाज दिएको गीतमा रामजी लामिछानेले कोरियोग्राफी गरिरहेका छन् । डान्सिङ नम्बरको यस गीतबाट निर्माण पक्षले आशा बोकेको छ । २–३ दिनमा छायांकन सकाएर गीत छिट्टै नै सार्वजनिक गरिनेछ ।

विराज भट्ट आफैले निर्माण तथा निर्देशन गरेको फिल्ममा जयनन्द लामा, कामेश्वर चौरसिया, प्रकाश शाह, आरपी पन्त, लय संग्रौला, अमित गिरी, शिशिर भण्डारी, रमेश सोडारी, भिष्म जोशी लगायतका कलाकारको पनि अभिनय छ ।

शिवम अधिकारीको लेखनमा निर्मित फिल्ममा सुरेश अधिकारी र राजनराज सिवाकोटीको संगीत, श्री श्रेष्ठको एक्सन, मानकृष्ण महर्जनको छायांकन, अर्जुन जिसीको सम्पादन र कविराज गहतराजररामजी लामिछानेको कोरियोग्राफी छ ।

For More videos Log on to Mazzako TV