सौरभ चौधरी निर्देशित फिल्म ‘लभ डायरिज’ को टिजर सार्वजनिक गरिएको छ । फिल्मको टिजरले फिल्म प्रेम कथामा आधारित रहेको प्रष्ट गराउँछ । टिजरमा फिल्मका दुइ मुख्य पात्र सुशील श्रेष्ठ र रुबिना थापा बीचको प्रेम, रोमान्स र विछोडलाई देखाइएको छ ।

प्रेमकथानक फिल्म यस वर्षको प्रेम दिवसको अबशरमा फागुन २ गतेबाट सार्वजनिक प्रदर्शनमा गरिने छ । फिल्मका यसअघि सार्वजनिक २ वटा गीतले मज्जाको प्रतिक्रिया पाइसकेका छन् । विनोद सापकोटाले निर्माण गरेको फिल्ममा सुशील र रुबिनासँगै विश्वजित रिमालको पनि मुख्य भूमिका छ ।

यसको कथा र पटकथा मधु बास्तोलाले लेखेका हुन् । शाहील खान सह निर्देशक रहेको फिल्ममा संजय लामाको छायांकन, मिलन श्रेष्ठ र दिर्घ खड्काको सम्पादन, अर्जुन पोखरेलले संगीत रहेको छ । फिल्मलाई उपत्यकामा रीच इन्टरटेनमेन्टले वितरण गर्नेछ ।

For More videos Log on to Mazzako TV