अभिनेत्री स्वस्तिमा खड्काले अभिनेत्रीहरुलाई कपडा वा उनीहरुले सिनेमाको पर्दामा निर्वाहा गर्ने भूमिका अनुसार मुल्यांकन गरिनु आजको समस्या भएको बताएकी छिन् । उनले भनिन्–‘अभिनेत्रीको रेट सोध्नेदेखि उनीहरुसँग सम्बन्ध गाँस्न चाहनेहरु यहाँ धेरै छन् । संसारमा सबैभन्दा खुल्ला दिमाग भएको क्षेत्र नै चलचित्र हो ।

हामी हरेक कुरामा खुलेर बोल्छौँ । चाहे सेक्स होस् वा अन्य केही । कतिपय कुरालाई भिडियोमा पनि देखाइएको हुन्छ । यसैले, पर्दामा देखिएका कुरा हेरेर मानिस मुल्यांकन गर्छन् । यो कमजोरी हो ।’ स्वस्तिमाले कतिपय मानिसहरुमा हिरोइनलाई घुमाएपछि सान बढ्छ भन्ने भ्रम समेत रहेको बताइन् । यसैले पनि उनीहरुलाई त्यो नजरले हेर्छन्, स्वस्तिमाले भनिन् ।

स्वस्तिमाले आफूसँग यस्तो नियत राखेर मानिस नआएको बताइन् । तर, फ्यानहरुले छुन खोज्ने र रक्सी खाएर गलत नियतमा तस्वीर खिच्न खोज्ने भने प्रशस्त भेटेको पनि उनले बताएकी छिन् ।

For More videos Log on to Mazzako TV