Sisa 1‘शीशा’ चलचित्रको नाम हो । जिवन लुईटेल र उमा बेबीले अभिनय गरेको चलचित्र ‘शीशा’ साउन २३ गतेबाट प्रर्दशनमा आउदैछ । आईतबार राजधानीमा पत्रकार भेटघाटको कार्यक्रम आयोजना गरि चलचित्रको रिलिज डेट बारे जानकारी गराईएको हो ।

चलचित्रलाई  आर बी के खत्रीले निर्देशन गरेका हुन् । चलचित्रमा जीवन लुईटेल, शर्मिला मल्ल, शान्ति गिरी, उमा बेबी, रागिनी खड्की, निर्मल सेन्चुरी, दिपेश भण्डारी, बी एस राणा लगायतको भुमिका रहेको छ । चलचित्रमा भारतका फुटबल खेलाडी भाईचुङ्ग भुटियाको पनि बिषेश भुमिका रहेको छ ।

अभिनेता जिवन लुइँटेलले फिल्म शीशाको संगीत पक्ष उत्कृष्ट भएकै कारण अभिनयन गरेको अभिनेता लुइँटेलले बताए । मानिसको जीवन ‘शीशा’ जस्तै छ भन्ने कुरालाई चलचित्रमा देखाउन खोजिएको चलचित्रका निर्देशकले बताएका छन् । चलचित्रमा पाँच वटा गीत रहेका छन् । चलचित्रको संगीत भने लक्की सिटौलाले दिएका छन् ।

Sisa 2

चलचित्र ‘शीशा’लाई अजिता सुमार्गी, महेश ढुंगेल र बिराट थापाले मिलेर बनाएका हुन् । चलचित्रको छायांकन कुमार बखती र राम कुमार केसीले गरेका हुन भने कमल राई र दिनेश अधिकारीले चलचित्रका लागि नृत्य निर्देशन गरेका छन् ।

Sisa 3

जीवन ‘शीशा’ जस्तै संवेदनशील छ, यसलाई जतन गरेर राख्नुपर्छ भन्ने स्लोगन पनि नाम सँगै झुन्ड्याईएको छ । ‘शीशा’को छायाँकन काठमाडाण्डौ र सिक्किममा गरिएको छ ।

For More videos Log on to Mazzako TV