फिल्म सेल्फी किङ्गकी अभिनेत्री लक्ष्मी वर्देवाले एक जना व्यक्तिले आफूमाथि यौन हिंसा गरेको बताएकी छिन् । एक निर्देशकले आफूमाथि यौन हिंसा गरेको भन्दै लक्ष्मीले त्यो समय आफूलाई केही पनि थाहा नभएको बताइन् । म आफ्नो उमेरको अपरिपक्कताका कारणले गर्दा पनि त्यहाँ पुगेकी थिएँ ।

तर, त्यहाँबाट बचेर फर्किएँ । यो घटनाले मैले कहाँ जाने र कहाँ नजाने भन्ने सिक्न पाएँ, लक्ष्मीले भनिन् । पत्रकार डीवी खड्काको पुस्तक नियतको विमोचन कार्यक्रममा लक्ष्मीले सिनेमा क्षेत्रमा २० जना राम्रो मान्छे हुँदा एक जना खराब मान्छे पनि भएको सुनाइन् । उनले अहिलेको समय भएको भए आफूले सोही अनुसारको जवाफ दिने पनि बताइन् ।

लक्ष्मीले त्यो दिन आफूले विर्सिएपनि एक दिन सोही निर्देशकको सिनेमाबाट एक जना अभिनेत्रीले डेब्यू गर्न लागेको खबर थाहा पाएको बताइन् । उनले ती अभिनेत्रीमाथि ती निर्देशकले कुदृष्टी लगाए होलान् कि लगाएनन् होला भनेर आफूले सोचेको पनि बताइन् ।

For More videos Log on to Mazzako TV